धरान : धरानको कोशी राजमार्ग अन्तर्गत साम्पाङ चोकमा आइतबार राति ८ बजे कार र ट्रक जुधेका छन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानले दिएको जानकारी अनुसार को १ ख २५५१ नम्बरको ट्रक र बा ५ च २०५४ नम्बरको कार एक आपसमा जुध्दा कारमा क्षति पुगेको छ । 

दक्षिणबाट बरगाछी तर्फ आउँदै गरेको कार र उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ट्रक एक आपसमा जुधेका हुन् । दुर्घटनामा पनि मानवीय क्षति नभएको प्रहरीले बताएको छ । दुवै सवारी साधनलाई प्रहरी चौकी तीनकुनेमा राखिएको छ ।