इटहरी : थारु पत्रकार सङ्घ नेपाल सुनसरीको तेस्रो जिल्ला अधिवेशनबाट निशान प्रकृति थारु अध्यक्ष पदमा निर्वाचित भएका छन्। 
सोमबार सुनसरीको रामधुनी नगरपालिका वडा-२ थारु संग्रालयमा भएको थारु पत्रकारको तेस्रो अधिवेशनमा सर्वसम्मत रूपमा अध्यक्षमा थारुलाई चयन गरिएको हो । पुरानो जिल्ला कार्यसमितिलाई विगठन गरी १३ जनाको नयाँ कार्यसमिति गठन गरिएको छ।
थारु पत्रकारको हक, हित तथा अधिकारको लागि वकालत गर्दै आइरहेको सङ्घले सोमबार भएको जिल्ला अधिवेशनबाट उपाध्यक्ष क्रमशः कमला चौधरी, हेमन्त चौधरी, सचिव सरोज चौधरी, सह-सचिव श्वेता सरदार थारु, कोषाध्यक्ष होमकुमारी चौधरी चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा मनीषा चौधरी, रेखा चौधरी, पीँकी चौधरी, चन्द्रकला चौधरी, विनीता चौधरी चयन भएका हुन। दुई जना सदस्यलाई भने पहिलो बैठकबाट मनोनीत गर्ने जनाएको छ । 
उक्त अधिवेशन कार्यक्रममा थारु पत्रकार सङ्घका केन्द्रीय सचिव कुलदिप चौधरी,फोनिज प्रदेश १ का सचिव प्रदीप जस्मैत, फोनिज सुनसरी पूर्व अध्यक्ष धिरेन्द्र चौधरी, अग्रज पत्रकार गवनसिंह चौधरी, थारु महिला सभा सुनसरीका अध्यक्ष सुशीला चौधरी लगायत थारु पत्रकारहरूको उपस्थिति रहेको थियो । थारु पत्रकार सङ्घ नेपालको ५ औ राष्ट्रिय केन्द्रीय महाअधिवेशन यही चैत्र २५ र २६ गते नवलपुरमा हुने भएको छ ।