धरान : धरान जेसीजका उपाध्यक्ष निशान्त नेपालले आफ्नो २४ औँ जन्म दिवस सरस्वती बाल आश्रममा मनाएका छन् ।

आफ्नो जन्म दिवसको उपलक्ष्यमा मङ्गलवार आश्रमका बाल बालिकाहरूलाई  शैक्षिक सामग्री प्रदान गरेका थिए । सेवा गर्न कुनै धेरै धन र पुण्य कार्य गर्न राम्रो साइत नै नचाहिने रहेछ भन्ने उनको कार्यबाट सबैले सिक्नुपर्ने आश्रमका उपाध्यक्ष रूकमणि मास्केले बताए ।

जन्म दिन आफ्नो लागि विशेष दिन भएको र यस दिन आफूलाई जन्म दिने बुवा आमा र हुर्काउने बढाउने र पढाउन सहयोग गर्ने परिवार र साथीभाइलाई सम्झने दिन रहेको बर्थडे व्वाई निशान्त नेपालले बताए । आफूलाई आवश्यक शैक्षिक सामग्री पाएकोमा आश्रमका बालबालिकाले खुसी व्यक्त गरे ।

Birthday