विराटनगर : प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङद्वारा “प्रदेश आर्थिक कार्यविधि वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८” प्रमाणीकरण भएको छ । 

प्रदेश नं. १ को प्रदेश सभा नियमावली, २०७४ को नियम १०८ बमोजिम मिति २०७८÷१२÷११ गते बसेको प्रदेश सभाको नवौँ तथा हिउँदेको अधिवेशनको ११ औँ बैठकले उक्त विधेयक पारित गरेको थियो । 

संविधानको धारा २०१ को उपधारा (१) बमोजिम सभामुखबाट प्रमाणित गरी प्रमाणीकरणको लागि प्रदेश प्रमुखसमक्ष पेस भएकोमा नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखबाट आज उक्त विधेयक प्रमाणीकरण भएको हो । 

Bigyapti-1