धरान : जनता समाजवादी पार्टी धरान उपमहानगर वडा नम्बर १० मा निमा शेर्पाको नेतृत्वमा २३ जना वडा समिति गठन भएको छ ।

बुधवार कलेज रोडमा भएको भेलाले वडा समिति गठन गरिएको हो । समितिको उपाध्यक्ष बिनु लिम्बू, दिनेश राई, सचिव अजय राई सहसचिव निमा शेर्पा, फिलिस राईलाई चयन गरिएको छ । कोषाध्यक्षमा निमलमु शेर्पा चयन भएका छन् । 

समितिको सदस्यमा दुर्गाहाङ लिम्बु, ललिता लिम्बू, सन्तोष लिम्बू, सरस्वती राना, अन्जु चेम्जोङ, सिद्धिका चेम्जोङ, सोना मगर, अञ्जना लिम्बू, बिना लिम्बू, प्रकाश राई, जसबहादुर लिम्बू, प्रेमबहादुर लिम्बू, कमिन लिम्बू, वीर बहादुर रसाइली, सुरज गुरुङ, वीर बहादुर गुरुङ, इन्द्र राई, जुना राई, अमृता थेबे रहेका छन् ।

जनता समाजवादी पार्टी केन्द्रीय सदस्य भीम राईले नव गठित वडा समितिलाई शुभकामना दिए । समाज वर्गीय आधारमा मात्र सङ्गठित नहुने बताए । जसका लागि सांस्कृतिक भाषिक लगायतले पनि सङ्गठित हुने बताए । कसैको अस्तित्व स्वीकार गरिँदैन भने त्यो समृद्धि नहुने बताए । त्यसमा आर्थिक रूपमा भएको समृद्धिको कुनै अर्थ नहुने बताए । आफूहरू तत्कालीन लामो समय सम्म कम्युनिस्टमा लागेको प्रसङ्ग उल्लेख गर्दै त्यहाँ आफू लगायत समुदायको अस्तित्व स्वीकार नगर्ने अवस्था देखिए पछि पार्टी छोड्नुपरेको बताए । 

जनता समाजवादी पार्टी धरान उपमहानगर समिति अध्यक्ष ताजुप लिम्बुले अहिले पहिचानमा हमला गरिरहेको बताए । कुनै जाती समुदायको भाषा संस्कार संस्कृति नै पहिचान भएको भन्दै त्यही मुद्दालाई नै जनता समाजवादीले उठाउँदै आएको बताए । हाल समाजमा वर्गीय र जातीय समस्या भएको बताए । वर्गीय समस्याको समाजवाद र जातीय पहिचानको लागि सङ्घीयताले समाधान गरिने बताए । काङ्ग्रेसले राजनीति सत्ता कब्जाको लागि र सत्ता भ्रष्टाचार गर्न लागि गरिरहेको बताए ।

वडा समिति गठनमा केन्द्रीय सदस्य दुर्गामाया लिम्बू, जेन्टल लावती, प्रदेश १ सदस्य उपेन्द्र लावती लगायतको उपस्थिति रहेको थियो ।