धरान : धरान-१४ विजयपुरको नयाँ टोल घुम्तीमा स्कार्पियो दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । 

साँझ पौने ५ बजे तिर बा ६ च ७२६८ नम्बरको स्कार्पियो बुढासुब्बा मन्दिरबाट पिण्डेश्वर मन्दिर तर्फ आउनेक्रममा नयाँ टोलको अन्तिम घुम्तीमा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

ओरालोमा ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ । १० जना यात्रु सवार रहेको स्कार्पियोमा सवार ८ जना घाइते भएको धरान प्रहरीले जनाएको छ । ८ जना मध्ये १ जनाको हात भाँचिएको र अरू सबै सामान्य घाइते रहेको प्रहरीले बताएको छ ।