इटहरी : सुनसरीका सम्पूर्ण स्थानीय तहमा गठबन्धनलाई वडा स्तरसम्म नै पुर्याउने निर्णय भएको छ । चैत २३ गते नेकपा (एकीकृत समाजवादी) पार्टीको कार्यालय इनरुवामा बसेको बैठकले ५ दलीय गठबन्धनलाई अगाडि बढाउने निर्णय भएको हो। 
गठबन्धन गर्नको लागि बस्तुगत र यथार्थपरक अध्ययनको लागि समिति गठन गर्ने निर्णय भएको छ। नेपाली काँग्रेसबाट जिल्ला सचिव वीरेन्द्र शाह, माओवादी केन्द्रका मुक्साहाङ मेन्याङ्बो, नेकपा एसबाट जिल्ला सचिव वसन्त सुवेदी, जनता समाजवादी पार्टीका जिल्ला सचिव प्रदीप कार्की र राष्ट्रिय जनमोर्चाको तर्फबाट हिरालाल अधिकारी समितिमा रहेका छन् । सो समितिले चैत २६ गतेसम्म गठबन्धनको प्रभावकारिताको विषयमा अध्ययन प्रतिवेदन तयार पार्ने भएको छ। सोही प्रतिवेदनको आधारमा वडा स्तरसम्म गठबन्धन गर्ने गठबन्धनको तयारी छ। 
केन्द्रीय गठबन्धनको निर्देशनलाई पालना गर्ने,  जिल्ला समन्वय समिति पालिका र वडा सम्म नै गठबन्धन गर्ने निर्णय भएको छ। वडा स्तरमा गठबन्धन गर्ने विषयमा समस्या आए जिल्ला स्तरीय गठबन्धन संयन्त्र बाट टुङ्गो लगाउन ५ दल सहमत भएका छन् । गठबन्धनको संयुक्त संयन्त्र निर्माण गरेर ५ दलबाहेक अन्य दलसँग गठबन्धन नगर्ने निर्णय भएको छ । त्यस्तै संयुक्त प्रतिबद्धता सार्वजनिक गर्ने र संयुक्त प्रचार प्रसार समिति गठन गर्ने गठबन्धनका दलहरू सहमत भएका छन्।
gathabandhan