मोरङ : मोरङको उर्लाबारी नगरपालिका ४ आइतबारेमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ। 
हिजो राति पौने ९ बजे पूर्व बाट पश्चिम तर्फ जाँदै गरेको को १ च ६३९९ नम्बरको पिकअप भ्यानले विपरीत दिशाबाट आउँदै गरेको को ३२ प ६९३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक  दमक नगरपालिका-३ का २८ वर्षीय राजन धिमालको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 
ठक्कर दिने पिकअप र चालक उर्लाबारी४ का २१ वर्षीय दीपेन्द्र बोहोरालाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।