धरान : निर्वाचन आयोगले जारी गरेको अन्तिम मतदाताहरूको नामावलीको नाम लिस्ट लिनका लागि दस्तुर लाग्ने भएको छ ।

स्थानीय तह निर्वाचन निर्देशिका २०७८ ले तोकेको दस्तुर लाग्ने जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी अजय मिश्रले बताए । मतदाताको नामावलीको लिस्ट लिनका लागि क्रियाशील राजनीतिक दलको आधिकारिक पत्र सँगै जिल्ला भरको मतदाताको नामावलीको लागि ३ हजार, पालिकाका लागि १ हजार र वडाका लागि ५ सय रुपैयाँ निर्धारण गरिएको छ । 

क्रियाशील राजनीतिक दलको पत्र र तोकिएको रकम बुझाएपछि निर्वाचन कार्यालयले अहिले मतदाता नामावलीको इ–कपी दिन थालेको सूचना अधिकारी मिश्रले बताए । यो व्यक्तिगतको हकमा भने लागु भएको छैन । क्रियाशील राजनीतिक दलहरूको आधिकारिक पत्र मार्फत मात्रै यो नियम लागु हुने बताइएको छ । 

अहिले सम्म केही राजनीतिक दलहरूले पक्रिया पुरा गरेर नामावलीको इ–कपी पेन ड्राइभ लिएर आएकाहरूलाई दिन थालिएको छ ।