धरान : धरान उपमहानगरपालिका–१३ बाट ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा धनकुटा घर भई हाल धरान–१३ मा कोठा लिई बस्ने गरेका ५० वर्षीय काले बहादुर तामाङ, २० वर्षीय अभिषेक खड्का, २१ वर्षीय मौसम नेपाली र ३९ बर्षीय मुना तामाङ रहेका छन् । 

विशेष सूचनाका आधारमा गएराती पौने १२ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरूको साथबाट २ ग्राम ब्राउन सुगर बरामद गरेको छ ।

ब्राउन सुगर सहित पक्राउ परेका चारै जनाको  इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।