धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इमरजेन्सी वार्डमा हाम्रो धरान सरोकार समाजले दस थान ह्वीलचेयर प्रदान गरेको छ ।

प्रतिष्ठानको इमर्जेन्सी वार्डमा उपचारका लागि ल्याइएका बिमारीहरूलाई ह्वीलचेयरको अभावमा अति नै कठिनाइ र पीडा भोग्नुपरेको समस्यालाई मध्यनजर गरेर समाजको संयोजकत्वमा फेसबुक मार्फत सहयोग सङ्कलन गरेर आज प्रतिष्ठानको इमर्जेन्सी वार्डलाई हस्तान्तरण गरिएको हो ।

समाजका फेसबुक एडमिन महेश श्रेष्ठका अनुसार ह्वीलचेयरका लागि प्रतिष्ठानकै डाक्टर देखि स्वर्गीय मेयर तारा सुब्बाको स्मृतिमा समेत सहयोग प्राप्त भएको थियो । 

सहयोग गर्नेहरूमा कान्तिपुर होटल म्यानेजमेन्ट इन्स्टिच्युटका संस्थापक तथा निर्देशक गगनमान श्रेष्ठ, गोर्खा भूतपूर्व सैनिक सङ्घका अभियन्ता तथा समाजसेवी रमेश राई, श्रीमती रुपा राई धरान–८, दीपेन्द्र राई धरान–११, डाक्टर रोशन कलवार, डाक्टर विक्रमप्रसाद श्रेष्ठ, डाक्टर सञ्जीवकुमार शर्मा, केशवप्रकाश सम्यङ्गखाम धरान–१९ र सुरेश चौधरी धरान–८ रहेका छन् ।

आज बिहान ९ बजे प्रतिष्ठानमै कार्यक्रम गरेर “ह्वीलचेयर“ इमर्जेन्सी वार्डका इन्चार्ज डाक्टर मासुम पौडेललाई हस्तान्तरण गरिएको हो ।

Weelchiar-2