दमक : इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
चुलाचुली गाउँपालिका-३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुलुङ राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो।
बिहान मर्निङ वाकमा निस्किएका उनलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो । बिहानै हात्तीले आक्रमण गरेपछि उपचारका लागि उनलाई झापाको दमकस्थित एड्भान्स अस्पताल भर्ना गरिएको थियो ।
उपचारकै क्रममा अस्पतालमा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जङ्गबहादुर थापाले बताए । घरबाट करिब दुई सय मिटर टाढा उनलाई हात्तीले आक्रमण गरेको हो ।