धरान : सुनसरीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै गरेका पत्रकारहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण तथा भिटामिन'डी' खोप कार्यक्रम सम्पन्न भएको छ। 

नेपाल पत्रकार महासङ्घ सुनसरीको संयोजन तथा सौर्य हेल्थ केयर फाउन्डेसन प्रालीको आयोजनामा भएको कार्यक्रममा ३१ जनाले ल्याब परीक्षण, ४५ जनाले भिटामिन डी खोप लगाएका थिए भने ४५ जनाले निःशुल्क इसिजी गरेका थिए । 

नीजिक्षेत्रमा विस्तार भएको स्वास्थ्य सेवामा अस्पतालका साथै सुविधा सम्पन्न व्यवसायी ल्याब, क्लिनिकहरू प्रतिस्पर्धात्मक रूपमा बढेका छन् । सुविधासँगै उपचार र स्वास्थ्य परीक्षण गरिब जनताको पहुँचभन्दा बाहिर पुगेको गुनासो बढेको बेला उनीहरूको हितका लागि कल्याणकारी सुविधाका  नीति, कार्यक्रम कसैले घोषित रूपमा सार्वजनिक गरेको पाइँदैन ।

धरानमा सञ्चालित सौर्य हेल्थ केयर फाउन्डेसनले पहिलो पटक घरबार विहीन सडक मानवहरूलाई निःशुल्क सेवा दिने साथै स्वास्थ्य सेवाको पहुँचमा नभएका समुदायका लागि सरकारी, गैरसरकारी समूह सँग सहकार्य गरी निःशुल्क प्राविधिक सेवा प्रदान गर्ने योजना सार्वजनिक गरेको छ। 'लाइफ प्रोजेक्ट' नामकरण गरिएको योजनाको उद्देश्य पहुँच नभएका समुदायलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने हो ।

फाउन्डेसनका अध्यक्ष डा. प्रमोद अग्रवालले शनिवार सञ्चारकर्मीहरूका लागि आयोजित निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा भने ‘निःशुल्क स्वास्थ्य सेवा सौर्य फाउन्डेसनको महत्त्वाकाङ्क्षी योजना हो ।’ योजना अनुसार फाउन्डेसनले सरकारी, गैरसरकारी संस्थाहरू, मेडिकल ननमेडिकल क्षेत्र सँग सहकार्य गरेर स्वास्थ्य परीक्षणको सेवालाई सबैको पहुँचमा पुर्याउने उनले बताए । 

सौर्य हेल्थ केयर यूथ अवार्ड उमेश मेहेतालाई प्रदान गरिने

स्वास्थ्य सेवालाई सर्वोत्तम सामाजिक कार्यको रूपमा स्थापित गर्न फाउन्डेसनले सामाजिक क्षेत्रमा उत्कृष्ट योगदान गर्दै आएका युवालाई प्रोत्साहित गर्न प्रत्येक वर्ष ‘सौर्य यूथ अवार्ड’ प्रदान गर्ने भएको छ ।

स्वास्थ्य शिविरकै अवसरमा फाउन्डेसनले यासपाली उक्त अवार्ड धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहतलाई प्रदान गर्ने घोषणा गरेको छ ।

Saureya-helth-2

मेहेतालाई धरानमा कोरोना महामारीका बेला जनचेतना, कोभिड रोकथाम भ्याक्सिन अभियानमा महत्त्वपूर्ण योगदान पुर्‍याएको आधारमा उक्त अवार्ड प्रदान गरिने भएको बताइएको छ । कार्यक्रममा सौर्यका प्रबन्ध निर्देशक डा. मोनिकाअग्रवाल, प्रबन्धक लुइसजेम्स राईले कम्पनीले दिदैं आएका सेवाहरूमा प्रकाश परेका थिए । 

२०७० साल देखी सञ्चालनमा आएको सौर्य फाउन्डेसन धरानको आधुनिक प्रविधिका सुविधा सम्पन्न स्वास्थ्य परीक्षण सेवा प्रदायक कम्पनी हो । यहाँ दाँत सम्बन्धी सबै उपचार, हाडजोर्नि नसाका समस्याको उपचार, फिजियोथेरापी, सुरक्षित गर्भपतन, कान नसुन्नेहरूको परीक्षण सेवा सञ्चालनमा छ । ल्याब सेवामा भिटामिन डी, भिटामिन डी जाँच, होलबडी जाँच, थाइराइड,  भिडियो एक्स-रे, डिजिटल एक्स-रे, कोलेस्ट्रोल, कलेजो र मिर्गौला जाँच, मुटु रोगको इसिजि परीक्षण लगायतका परीक्षणहरूमा न्यूनतम शुल्क कायम गरिएको बताइएको छ । 

नेपाल पत्रकार महासङ्घ सुनसरीको संयोजनको र फाउन्डेसनको आयोजनामा पहिलो पटक सञ्चारकर्मीहरूको स्वास्थ्य निःशुल्क परीक्षण शिविर आयोजना गरिएकोमा महासङ्घका सभापति जनकऋषि राईले सञ्चालकहरूलाई धन्यवाद ज्ञापन गरे । उक्त अवसरमा महासङ्घ प्रदेश समिति उपाध्यक्ष लवदेव ढुङ्गाना, प्रदेश समिति सदस्य देवेन्द्र कार्की लगायतको उपस्थिति रहेको थियो । 

Saureya-helth-3Saureya-helth-4