धरान : धरानमा सहारा नेपाल साकोसको २७ औ वार्षिक उत्सव सम्पन्न भएको छ। 

धरान सेवा केन्द्र नं. ४५ अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो ।२०७२ माघ १ गते ४५ औ सेवा केन्द्रको रूपमा सेवा केन्द्र धरान स्थापना भएको सहाराले धरानमा एक कार्यक्रम गरी अहिले सम्मको उपलब्धिहरू सार्वजनिक गरेको छ। सहारा साकोस धरानकी शाखा प्रमुख प्रमीला अर्यालले धरान शाखाले ७ वर्षमा गरेको प्रगति विवरण प्रस्तुत गरिन । 

सहारा नेपाल साकोस झापाको चारपाने गाविसबाट सुरु भईप्रदेश १ भरी आफ्नो कार्यक्षेत्र बनाएर ६ जिल्लामा ७७ वटा सेवा केन्द्रबाट कारोबार गरिरहेको अर्यालले जानकारी दिइन् । ४५ औ सेवा केन्द्रको रूपमा सेवा केन्द्र धरान स्थापना भएको ७ वर्षको अवधिमा हाल सम्म २१९० जना शेयर सदस्य रहेका छन । कार्यक्षेत्र धरान उपमहानगरपालिकाको २० वटै वार्ड र मोरङको  केराबारी गाउँपालिकाका वडा नम्बर ५ र ६ सँगै २१५०  समूहमा रहेको अर्याल जानकारी दिइन् । हाल ६ जना कर्मचारीहरू कार्यरत  धरान शाखाले २१९० जना शेयर सदस्यहरू, १० करोड १२ लाख बचत र १६ करोड ७१ लाख ऋण प्रवाह गरेको अर्यालले जानकारी दिइन् । ऋण प्रवाह सँगै  यही  आर्थिक वर्षमा वितरण गरेको  कर्जा सुरक्षणको बारेमा पनि जानकारी दिइन्।

अर्यालका अनुसार यस वर्ष धरान शाखाबाट १२ जनालाई २४ हजार सुत्केरी भत्ता, ८ जना हातखुट्टा भाँचिएकालाई १६ हजार, ३ जना सर्प कुकुरले टोकेको लाई ९ हजार,  १ जना घर आगलागी भएकालाई ५ हजार, अपरेसन गरेका २२ जनालाई २२ लाख, मरिमराउमा परेका १४ जनालाई ७० हजार र १५ जनाको ऋण १८ लाख  मिनाहा भएको अर्यालले प्रस्तुत गरेको प्रगति विवरणमा उल्लेख गरिएको छ। संस्थाले आफ्नो सामाजिक दायित्व पुरा गर्ने क्रममा पहिलो लकडाउनमा धरान उपमहानगरपालिकाको राहत कोषमा ५० हजार जम्मा गरेको तथा कोरोना सङ्क्रमित भएका आफ्ना शेयर सदस्यहरूलाई पोषण युक्त खाद्यान्नहरू समेत वितरण गरेको जानकारि दिएको छ।

कार्यक्रममा अनुगमन अधिकृत रतन तिम्सिनाले सहारा नेपालको बारेमा जानकारी दिदैँ सहाराको योगदानको बारेमा चर्चा गरे। उनले  सहारा अहिले धेरैको वास्तविक सहारा बनेको बताए । सदस्यलाई उद्यमी बनाउनेदेखि सामाजिक कार्यहरूमा सहाराको योगदान, गरिब आवासदेखि शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहाराले योगदान गरिरहेको  कारण जनतामाझ प्रसंशित छ र लोकप्रिय बन्दै गरेको दाबी गरे।

उनले देशका जस्तोसुकै समस्या, तरलता आएनी, सहाराले बचतकर्ताको बचत रकम सहजै उपलब्ध गराउँदै आएको र यो निरन्तर रहने बताए। शेयर सदस्य अरुण कुमार प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नम्बर ७ का वडा सदस्य हरिराम श्रेष्ठ प्रमुख अतिथि रहेका थिए।

Sahara-1