धनकुटा : धनकुटामा हावाहुरीले ५ घरधुरीमा क्षति पुर्‍याएको छ । 

जिल्ला प्रशासन कार्यालय धनकुटाका अनुसार आइतबार दिउँसो आएको हावाहुरीले धनकुटा नगरपालिका ८ सान्ताङ र चुलिवनमा ५ घरमा क्षति पुगेको छ । हावाहुरीबाट ५ घर पूर्णरुपमा क्षति भएका छन् ।

धनकुटामा क्षतिको विवरण आइसकेकोले राहत र पूर्नस्थापनाका काममा जुट्न सबै सरोकारवाला निकायलाई निर्देशन दिइसकिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलेले जानकारी दिए । धनकुटामा हावाहुरीका कारण मानवीय क्षति भने भएको छैन ।

हावा हुरीका कारण १० लाख बराबरको क्षति भएको विवरण आएको धनकुटाका प्रहरी निरीक्षक काशीनाथ रेग्मीले जानकारी दिए ।

Hawahuri-1