धरान : यति बेला बनजंगल उजाडिएर भर्खर रुख बिरुवाहरू पौलिदै छन्। बन जङ्गल उजाडिएर भर्खरै पौलिदै गरेको सुख्खा रुखका हाँगामा मनै लोभ्याउने गरी धरानको पिण्डेश्वर मन्दिर आसपासका रुखहरूमा यति बेला सुनाखरी फुलेर लहलह झुलेका छन् । लहलह झुलेका सुनाखरीले पिण्डेश्वर मन्दिर आसपासमा पुग्ने जो कोहीलाई आकर्षित गर्न सक्छ। Pindeswor-Ma-Archid-11नेपालमा बोलीचालीको भाषामा सुनौलो रङ्गमा फुल्नेलाई सुनाखरी, सुनगाभा, र सेतो पुल्नेलाई चाँदीगाभा पनि भन्ने गरिन्छ । जैविक विविधता अध्येता कमल मादेनका अनुसार नेपालमा ५ सय १० भन्दा बढी प्रजातिका सुनाखरी पाइन्छ । धरान नजिकै रहेको मोरङको लेटाङ स्थित राजारानीमा मात्रै सन् २००१ मा विज्ञहरू डा. लोकेस शाक्य, देबेन्द्रमान बज्राचार्य र आविष्कार सुबेदीले गरेको एक अध्ययन अनुसार ४३ प्रजातिको सुनाखरी पाईएको थियो ।Pindeswor-Ma-Archid-9

धरान-१४ विजयपुरको पिण्डेश्वर मन्दिर आसपासमा अहिले लहलह झुलेर फुलेको सुनाखरी फुलको नाम अङ्ग्रेजीमा (Dendrobium aphyllum) भनिन्छ । तराईका चारकोसे जङ्गलमा पर्याप्त पाइने यो सुनाखरी १५०० मिर उचाइ सम्म पाइने अध्येता मादेनको भनाई छ । मादेनका अनुसार  (Dendrobium) जाति भित्र मात्रै १५८६ प्रजाति पाइन्छ । सुनाखरी बाह्रै महिना फुल्ने गरे पनि विषेशगरी गर्मी महिना चैत्र, वैशाख र जेठ महिनामा बढी फुल्ने गर्दछ । Pindeswor-Ma-Archid-8Pindeswor-Ma-Archid-2Pindeswor-Ma-Archid-7Pindeswor-Ma-Archid-5Pindeswor-Ma-Archid-4Pindeswor-Ma-Archid-3Pindeswor-Ma-Archid-6Pindeswor-Ma-Archid-1