धरान : खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ मा बिजुलीको नाङ्गो तारमा छुँदा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । 

हिजो बेलुका साढे ४ बजे उदयपुरबाट  खोटाङको दिलैचि मात्तिमबिर्ता तर्फ जाँदै गरेको ना.३ ख ७०३६ नम्बरको बसको छतमा चढी यात्रुको समान झार्ने क्रममा सोही बसका धनी तथा कण्डकटर उदयपुर रौतामाई गाउँपालिका–४ का २६ वर्षीय प्रताप खड्काले बिजुलीको नाङ्गोतारमा छुन पुगी करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते भएकोमा तत्काल उपचारका लागि उदयपुर अस्पताल लगिएकोमा अस्पताल पुर्‍याउन साथ डाक्टरले मृत घोषणा गरेको हो । चालक उदयपुर त्रियुगा नगरपालिका–१२ का यमराज कटुवाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।