धरान : धरानमा कोरोना विरुद्धको मोड्नाको दोस्रो मात्रा खोप बालबालिकालाई धमाधाम लगाईदैछ ।

१२ वर्ष देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरूलाई आज देखि विद्यालयमै पुगेर खोप लगाइँदै गरेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका वरिष्ठ कविराज रामबाबु यादवले जानकारी दिए । 

चैत्र ६,७ र ८ गते लगाइने भनिएको मोड्नाको दोस्रो मात्राको खोप कार्यक्रम खोप अभावले स्थगित भएको थियो । सोही खोप कार्यक्रमको निरन्तरता अनुसार आज देखि पर्सि बुधवार सम्म खोप लगाइने बताइएको छ । 

यस भन्दा अघिको पहिलो चरणमा ९ हजार जना बालबालिकाले मोड्नाको दोस्रो मात्रा खोप लगाएका थिए भने यस पटक पनि थप ९ हजार गरी जम्मा मोड्नाको दोस्रो मात्रा १८ हजार बालबालिकाले लगाउने लक्ष लिइएको छ ।   

Khop-1