धरान : प्रदेश नं. १ का प्रमुख पर्शुराम खापुङले धरान-१४ विजयपुरस्थित पिण्डेश्वर कृषि फार्मको अवलोकन गरेका छन्।

प्रदेश नं. १ र देशलाई कृषिमा आत्मनिर्भर बनाएर आर्थिक समृद्धि हासिल गर्न सकिने हेतुले स्थापित पिण्डेश्वर कृषि फार्मले प्रदेश प्रमुखलाई अवलोकनको लागि निम्तो दिएको थियो । सोही अनुसार प्रमुख खापुङ सोमबार धरानको विजयपुर आइपुगेका हुन् ।

धरान-१४ विजयपुरमा रहेको पिण्डेश्वर कृषि फार्ममा गाई भैँसीलगायतका पशुपालन गरी दुग्ध उत्पादन भइरहेको छ । व्यवसायी राजेन्द्र खापुङका अनुसार पशुपालनका साथै खेती र व्यापारलाई पनि सँगसँगै लैजाने योजनाका साथ विजयपुरबासी कृर्षि क्षेत्रमा लागि परेको जानकारी दिएका थिए । Krishi-faram-1

विजयपुर आइपुगेका प्रदेश प्रमुख पर्शुराम खापुङले पिण्डेश्वर क्याम्पसको पनि अवलोकन गरेका थिए । क्याम्पसको पुस्तकालय र क्याम्पसको बारेमा क्याम्पस प्रमुख काशीनाथ पौडेलले प्रदेश प्रमुखलाई जानकारी दिएका थिए । क्याम्पसले प्रकाशन गरेको २०७९ सालको भित्ते पात्रो पनि प्रमुखलाई क्याम्पस प्रमुख पौडेलले हस्तान्तरण गरेका थिए ।

अवलोकनका क्रममा प्रदेश प्रमुख परशुराम खापुङले बुढासुब्बा, दन्तकाली मन्दिर, भताभुङ्गे राजाको दरबार क्षेत्र लगायतको दर्शन तथा अवलोकन गरेका थिए । प्राध्यापक डा. टङ्क न्यौपानेले अवलोकन भ्रमणलाई सहजीकरण गरेका थिए । Krishi-faram-3Krishi-faram-2Krishi-faram-4