झापा : झापाको शिवसताक्षीमा खोलामा डुबेर एक जना महिलाको ज्यान गएको छ । 

शिबसताक्षी नगरपालिका ११ की ६० बर्षीया सन्चमाया विकको स्थानीय झरना खोलामा आज विहान डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाए अनुसार ती महिला नानीलाई विद्यालय पुर्‍याएर फर्किदा उक्त खोलामा डुबेकी थिइन । उनले मापसे समेत गरेको पाईएको छ । खोलाको दहमा दुई फिटसम्म पानी जमेको स्थानमा उनी डुबेको बताइएको छ ।