धरान : धरान-१ मा रहेको रुवा उद्योगमा आगलागी भएको छ । 

धरान-१ का सरोज आचार्यको घरमा रविन अधिकारीले सञ्चालन गरेको रुवा उद्योगमा अहिले साँझ साढे ६ बजे विद्युत सर्ट भएर आगलागी भएको हो । 

आगलागीबाट रुवा गोदाम पुर्णरुपमा जलेर क्षति भएको नगर प्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिए । उनका अनुसार अन्दाजी १० लाख भन्दा बढी आगलागीबाट क्षति भएको छ । क्षतिको विवरण आउन बाँकी नै रहेको छ ।

आगलागी धरान उपमहानगरपालिकाको ३ वटा दमकल, नगर प्रहरी, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले करिब आधा घण्टामा नियन्त्रणमा लिएको नगर प्रहरी प्रमुख कोइरालाले बताए ।