भोजपुर : भोजपुरको रामप्रसादराई गाउँपालिका-५ स्थित भोजपुर मानेभन्ञ्याङ सडक खण्डमा भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
हिजो राती १० बजे भोजपुरबाट इँटा बोकेर बासीखोरा तर्फ जाँदै गरेको प्रदेश १-०२-००३ त २२४९ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट २०० मिटर तल झरेको थियो। 
दुर्घटनामा राम प्रसादराई गाँउपालीका-७ का २० वर्षीय जेबी राई गम्भीर घाइते भएका थिए । उनलाई उपचारकालागी जिल्ला अस्पताल भोजपुर पटाइएकोमा उपचार हुन नसकी डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।