धरान : भोजपुरको अरुण गाउँपालिका–१ रातमाटेमा भरुवा बन्दुक चलाउँदा १ जनाको मृत्यु भएको छ । 

हिजो बेलुका साँढे ५ बजे सोही स्थानका ४७ वर्षीय सूर्य बहादुर खत्रीले छिमेकीको गोठमा गई भरुवा बन्दुक चलाउँदा आफ्नै पेटमा लागी घाइते भएका थिए ।  

घाइते भएका खत्रीलाई प्रहरी चौकी प्याउलीबाट टोली खटिगई  उपचारको लागी जिल्ला अस्पताल भोजपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी टोली खटी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।