धरान : स्रोत नखुलेको भारतीय नोटसहित प्रहरीले विराटनगरबाट चार जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले ३ लाख ८ हजार ५०० भारतीय नोटसहित जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेका उनीहरूलाई नगदसहित पक्राउ गरेको हो । 

पक्राउ परेकाहरू भारत सहरसाका ३७ वर्षे अभिषेक मुखिया, २९ वर्षका विष्णुदेव मुखिया, सुनसरी बर्जूका सुरज ऋषिदेव र बर्जू गाउँपालिकाकै शिवकुमारी ऋषिदेव रहेको प्रहरीले जनाएको छ। 

पक्राउ परेका चारै जनालाई प्रहरीले थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ ।