धरान : आज बिहान भेडेटार-धरान सडक खण्डमा बस र ट्याम्पो जुध्दा ट्याम्पो चालकको मृत्यु भएको छ । 

धरानबाट भेडेटार तिर जाँदै गरेको को १ ख ४४८० नम्बरको बस र भेडेटारबाट धरान तर्फ आउँदै गरेको २ ह ७०४१ नम्बरको ट्याम्पो र भेडेटार देखि दुई घुम्ती मुनि करिब १ किलोमिटर तल एकआपसमा जुधेको प्रहरीले जनाएको छ। 

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक गजेन्द्र रायका अनुसार मृत्यु हुने ट्याम्पो चालक भरौल-५ सुनसरीका अन्दाजी ४० वर्षीय खड्गबहादुर कामी रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । ट्याम्पोमा सवार ताप्लेजुङ लिखुम-२ बस्ने १५ बर्षीय उषा लिम्बु घाइते भएको र उनको स्थानीयले उद्धार गरी अस्पताल पठाएको बताइएको छ ।

बस चालक धरान-१७ का ४५ वर्षीय गोविन्दबहादुर कटुवाल र बस इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ। 

Durghatana 3Durghatana-2 3