चतरा : सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं ७ मा विभिन्न पार्टी परित्याग गरेर एक सय दश जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।
शुक्रवार नेपाल महिला सङ्घ वराहक्षेत्र वडा नं ७ ले २०७९ सालको अवसरमा शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य अनु गरुङ्ग, विशिष्ट अतिथि वराहक्षेत्र काँग्रेस सभापति रमेश कार्की, महाधिवेशन प्रतिनिधि सुशीला खनाल, मुना अधिकारी लगायतले नवप्रबेशीहरुलाई टीका, खादा तथा नेपाली काँग्रेसको झण्डा हस्तान्तरण गरेर पार्टी प्रवेश गराएको थिए।
देविघाटमा आयोजना भएको उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसबाट वडाध्यक्षको उम्मेदवार कपिल आचार्यको टिम र मेयरमा नेपाली काँग्रेसले जित्नु पर्ने भन्दै १ सय १० जना  विभिन्न पार्टी परित्याग गरेर काँग्रेस प्रवेश गरेको नेपाली काँग्रेस वडा नं ७ का सचिव गोपाल लामिछानेले बताए। 
कार्यक्रममा वडावासीको आवश्यकता पूरा गर्ने काँग्रेसले जित्नु पर्ने वडाध्यक्षको उम्मेदवार आचार्यले बताए । उनले एमाले छल्न, ढाँट्न सिपालु हुने भन्दै कुनै भ्रममा नपरी नेपाली काँग्रेसलाई जिताउन आग्रह गरे।
कार्यक्रममा नेपाल महिला सङ्घ वराहक्षेत्र सभापति छविना मगर,महिला नेतृ सुकमाया तामाङ, महिला सङ्घ सुनसरी उपसभापति दुर्गा खरेल, क्षेत्रीय सभापति कल्पना कार्की, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि सुशीला खनाल, मुना अधिकारी, नगर सभापति  रमेश कार्की, प्रमुख अतिथि नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य अनु गुरुङले शुभकामना मन्तव्य राखेका थिए ।