धरान : प्रहरीले शुक्रवार साँझ मदिरा पिएर राप्रपाको कार्यक्रम बिथोलेका धरान-३ का वडाध्यक्ष आशाकुमार श्रेष्ठलाई रातीनै हिरा गरेको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी कार्यक्रम अन्तर्गत वडाध्यक्ष घोषणा कार्यक्रममा पुगेर आफ्नो वडामा आफूसँग अनुमति नमागी कार्यक्रम गरेको भन्दै कार्यक्रम बिथोलेका थिए ।

त्यही आरोपमा पक्राउ परेका वडाध्यक्ष श्रेष्ठलाई प्रहरीले बोलाएको खण्डमा इलाका प्रहरी कार्यालय धरानमा हाजिर हुने शर्तमा राति साढे १० बजे श्रेष्ठको छोरीको उपस्थितिमा रिहा गरिएको इलाका  प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी बुद्ध श्रेष्ठले बताए । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले वडाध्यक्ष विरुद्धमा उजुरी लिएर आएको खण्डमा बसेर छलफल गर्नेगरीको शर्तमा रिहा गरिएको हो । तर अहिले सम्म कुनै उजुरी नपरेको डिएसपी श्रेष्ठले बताए । 

वडाध्यक्ष जस्तो मान्छेले मदिरा पिएर कुनै पार्टीको कार्यक्रम बिथोल्न अशोभनीय भएको भन्दै राप्रपाले दु:ख व्यक्त गरेको छ । राप्रपाले हिजो नै कुनै उजुरी नदिने बताउँदै आएको थियो ।