इटहरी : प्रदेश १ मा लोकप्रिय तथा उच्च स्तरीय इँटा उत्पादन गर्दै आएको प्रतिष्ठान आनन्द ग्रुपले नयाँ वर्ष २०७९ सालको शुभ अवसरमा वैशाख १ गतेदेखि आफ्नो ब्राण्डको इँटा खरिद गर्ने प्रत्येक ग्राहकहरूलाई ३३ हजार खरिदमा स्क्रयाच कुपन मार्फत आकर्षक पुरस्कार प्रदान गर्ने विशेष कार्यक्रम सञ्चालनमा ल्याएको छ । 
सबै ग्राहकले मन पराएको ठुलो साइजको आनन्द र अनन्त ब्राण्डको इँटा उत्पादन गर्दै आएको आनन्द ग्रुपले नयाँ वर्षमा घर निर्माण गर्ने तथा अन्य सबै प्रकारका निर्माण कार्यका लागि गुणस्तरीय इँटा खरिद गर्ने ग्राहकहरू यो कार्यक्रमबाट लाभान्वित हुने बताइएको छ।  
स्क्राच कुपन मार्फत ग्राहकहरूलाई बम्पर उपहारको रूपमा होण्डा कम्पनीको स्कुटी,त्यसै गरी सुनको सिक्का ५ ग्रामको, टेलिभिजन ३२ इन्चको, फ्रिज १९० लिटरको, चाँदीको सिक्का ४० ग्राम प्रदान गरिने, साथै रु १५ सय र ३ हजार  नगद पुरस्कार प्रदान गरिने छ। आनन्द र अनन्त इँटा खरिद गर्दा पाइने स्क्रयाच कुपनबाट थुप्रै ग्राहकहरू लाभान्वित हुने कम्पनीले जनाएको छ । 
उक्त कुपनमा एउटा न एउटा उपहार अवश्य पर्ने ग्राहकहरूको हात खाली नहुने पनि कम्पनीले जनाएको छ । 
डबल धमाकाको  विशेष योजना अन्तरगत ग्राहकहरूले झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा रहेको डिलर, विक्री केन्द्र र हेड अफिस विराटनगर मा सम्पर्क गरी इँटा खरिद गरेर स्क्राच मार्फत उपहार जित्न सक्ने जनाइएको छ । २०५० साल देखि पूर्वी नेपालमा गुणस्तरीय इँटा उत्पादन गर्दै आएको आनन्द ग्रुपले जानकारी दिएको छ ।