धरान : झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडा स्थित पैनीको पानीमा डुबेर बालिकाको मृत्यु भएको छ । 

हिजो बेलुका  साँढे ५ बजे स्थानीय मनु चेम्जोङकी ४ बर्षीया छोरी सचिना चेम्जोङ घरबाट ३०० मिटर दक्षिणमा रहेको पानीमा मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरी चौकी शनिश्चरेबाट प्रहरी टोली खटी गई कानुनी प्रक्रिया पुरा गरी घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।