धरान : घर निर्माण गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु भएको छ ।

पाँचथरको फिदिम नगरपालिका-१ बुद्धचोकमा स्थानीय मदन पन्धाकले घर निर्माण गर्न घडेरी तयार गरी आज बिहान ८ बजे शुभसाईतमा पूजा गर्ने क्रममा पुजारी स्थानीय ६५ वर्षीय गोपाल ढुङ्गानालाई माटोको ढिस्कोले पुरेको थियो ।

माटोमा पुरिएका ढुङ्गानालाई जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले स्थानीयवासी समेतको  सहयोगमा उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल फिदिम लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।