धरान : झापाको भद्रपुर नगरपालिका-७ का ५५ वर्षीय सञ्जय उरावको माछा मार्ने क्रममा पानीमा डुबेर मृत्यु भएको छ । 

आज दिउँसो १ बजेको समयमा देउनिया खोलामा माछा मार्ने क्रममा अचानक डुबेर मृत्यु भएको भन्ने सूचना प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटी गई घटना बारे अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।