धरान : नेपाली काँग्रेस धरान उपमहानगरले धरानका मेयर र उपमेयरका आकाङ्क्षीहरूको नाम सिफारिस गरेको छ ।

आज नगर कार्यसम्पादन समितिको बैठक बसेर मेयरमा ९ जना आकाङ्क्षीहरूको नाम सिफारिस गरेको छ भने उपमेयरमा १० जना आकाङ्क्षीहरूको नाम सिफारिस गरेको नेपाली काँग्रेस धरान उपमहानगर कमिटीले जनाएको छ ।

धरान उपमहानगरका लागि मेयरमा धरानका बहालवाला मेयर तिलक राई, काँग्रेस प्रदेश महामन्त्री उमेश थापा, काँग्रेस सुनसरी क्षेत्र नं १ का सभापति सुजेन्द्र तामाङ, काँग्रेसको महासमिति सदस्य पर्वत राई, धरानका पुर्वनगर सभापति तथा हाल जिल्ला सदस्य किशोर राई, महासमिति सदस्य श्यामा रेग्मी, काँग्रेस सुनसरी क्षेत्र १ (२) का सदस्य अजय राई, काँग्रेसको भातृ संस्था दलित सङ्घका प्रदेश १ सभापति गोविन्द दर्नाल र महिला नेतृ एवं पुर्वमहाधिवेशन प्रतिनिधि मिना पुलामीको नाम सिफारिस भएको छ ।

यसैगरि, उपमेयरमा उर्मिला प्रधान, शिला ब्रजर्चाय, निलकुमारी थापा गिरी, कुसुम ओली आचार्य, निर्मला शाक्य, मनिता घिमिरे, हिमाल राई, झुमा राई, सन्तोष बिक र कोपिला भट्टराईको नाम सिफारिस भएको छ ।