धरान : सुनसरीको रामधुनी–५ झुम्काको भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । 

हिजो  दिउँसो पौने १२ बजे पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको को २ त ८८१८  नम्बरको ट्र्याकटरमा सवार झुम्का–३ का २८ वर्षीय अर्जुन ऋषिदेव र सोही स्थानका २७ वर्षीय जितेन सरदार गुडिरहेको ट्र्याकटरबाट लडेर घाइते भएको र उपचारको लागि ऋषिदेवलाई विराट टिचिङ अस्पताल विराटनगर तथा सरदारलाई स्थानीय मेडिकलमा लगिएको थियो ।

ट्र्याकटरबाट लडी घाइते भएका ऋषिदेवको उपचारको क्रममा सोही अस्पतालमा आज बिहान ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । चालक र ट्र्याकटर इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।