धरान : मोरङको रतुवामाई नगरपालिका–९ भौडा चोकबाट लागुऔषध ट्याब्लेट सहित १ जनालाई प्रहरी पक्राउ गरेको छ । 

मे ११  प ९९२४ नम्बरको मोटरसाइकलमा आमबारीबाट उर्लाबारी तर्फ जाँदै गरेका दमक नगरपालिका–९ का २० वर्षीय विवेक घिमिरेलाई प्रहरी चौकी ईटहराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनको साथबाट लागुऔषध नाईट्राभेट २१० ट्याब्लेट र ७ बोतल कोरेक्स बरामद गरेको थियो ।

लागुऔषध सहित पक्राउ परेका घिमिरेको सम्बन्धमा इलाका प्रहरी कार्यालय सिजुवाले थप अनुसन्धान गरिरहेको छ ।