धरान : सिटिजन्स बैङ्क धरान शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। 

बैङ्कको १५ औँ वार्षिक उत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो। बुधवार, धरान-९ स्थिति सिटिजन्स बैङ्कको प्रागणमा सम्पन्न कार्यकममा ६० प्रिन्ट रगत सङ्कलन भएको शाखा प्रमुख तोर्ण बहादुर कार्कीले बताए। 

प्रमुख अतिथि धरान नगर प्रमुख तिलक राईले कार्यक्रम लाई सम्बोधन गर्दै बैङ्कले सामाजिक कार्य गरेकोमा आभार व्यक्त गर्दै नव वर्षको शुभकामना समेत व्यक्त गरेका थिए । 

सिटिजन्स बैङ्क प्रदेश नं. १ का प्रमुख प्रदीप सेडाईले बैङ्कले सामाजिक उत्तरदायित्व पुरा गर्न बैङ्क अग्रसर रहेको बताए । 

कार्यक्रममा गरिमा विकास बैकका प्रदेश प्रमुख मीन सुवेदी, रिलायन्स लाइफ इन्सुरेन्सका सहायक प्रदेश प्रमुख थिरलोचन श्रेष्ठ, धरान जेसीजका अध्यक्ष प्रतीक श्रेष्ठ, धरान स्थित बैङ्कहरूका प्रबन्धकहरू लगायतको बाक्लो उपस्थिति रहेको थियो ।