धरान : धरानमा आज देखि १५ महिना देखि १५ वर्ष सम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाईदैछ । 

धरानमा वैशाख ८ गते देखि १७ गते सम्ममा ४४ हजार ७ सय ७ जना १५ महिना देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने लक्ष राखिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए । 

धरानका २० वटा वडाका लागि १०४ खोप केन्द्रबाट खोप लगाइने बताइएको छ । खोप अभियानका लागि २२२ जना स्वास्थ्य स्यंम सेवक र १६१ जना स्वास्थ्यकर्मी परिचालन गरिनेछ । 

धरानमा आज देखि १६ गते सम्म खोप लगाउने कार्यक्रम भए पनि एक दिन १७ गते एसइई परीक्षा दिने परिक्षार्थीहरुको लागि भनेर थप गरेर पनि खोप लगाइने महाशाखा प्रमुख उमेश मेहेताले बताए ।

Taifide-khop.Talika 1