झापा : मतदाताहरू सत्ता गठबन्धन दलको बँधुवा मजदुर नभएको नेकपा एमाले केन्द्रीय सचिव योगश भट्टराईले बताए ।

प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सचिव भट्टराईले सत्तारुढ गठबन्धन दलले अहिलेका मतदातालाई बँधुवा मजदुर बनाएर राख्न नसके आममतदाताहरु आफै स्वतन्त्र रहेको बताए। 

उनीहरूले सही विवेक प्रयोग गरेर मतदान गरी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेले उत्कृष्ट मत सहित विजय हासिल गर्ने उनले बताए । एमालेले मुलुक र राष्ट्रियताको पक्षमा लडेको,भारतसँग हिजो रहेको लायन्ड लकलाई परिमार्जन गरेर लायन्ड लिङ्गको काम ओली सरकारले गरेका कारण अहिलेका युवा मतदाताहरूले एमालेलाई भोट हाल्ने बताउनु भयो।

गठबन्धन सरकारकारले कालो धनलाई सेतो बनाउने काम गर्न राष्ट्र बैकका गर्भनरले नमानेपछि उनलाई निलम्बनको कारबाही गरेको पूर्व पर्यटन मन्त्री भट्टराईले आरोप लगाए । भोलि वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको दिन सबै स्थानीय तहका उम्मेदवार घोषण गर्ने पनि भट्टराईले बताए।

प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापा अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारको जिज्ञासामा मुलुकमा हुन लागेको ठुला परिवर्तन प्राप्तिको भन्दा पनि अहिले परमादेशबाट बनेको सरकार मिलीजुली खाने भाग बन्डाको गरेर खान अनुचित गठबन्धन बनेको नेता भट्टराईले बताए ।

पूर्वमा आन्तरिक काममा आएका नेता भट्टराईले हिजो देखि प्रजातन्त्र र लोकतन्त्रको हिमायती ठान्ने काँग्रेसले अहिलेको गठबन्धन सरकारले गरेको केही स्थानीयमा गरेको निर्णयको विरोधमा काँग्रेसकै कार्यकर्ता विरुद्धमा उत्रिएको आरोप समेत लगाए ।