झापा :  झापा गौरादह–१ की २४ बर्षीया सैनिक जवान कोपिला राजवंशीको गोली लागेर मृत्यु भएको छ । 

कपिलवस्तुस्थित गोरुसिङ्गेमा रहेको सेनाको शमशेर दल गणमा कार्यरत उनी सोही गणमै हिजो साँझ गोली लागेको अवस्थामा फेला परेकी थिइन ।

घाइते अवस्थामा फेला परेकी कोपिलाको उपचारका क्रममा आज भैरहवा युनिभर्सल कलेज रुपन्देहीमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक जेसी शाहले जानकारी दिए । 

गणमा उनी आफैले चलाएको गोली लागेको भनिए पनि घटनाका विषयमा थप विवरण खुलाइएको छैन । यस विषयमा थप अनुसन्धान गरिने बताइएको छ ।