झापा : झापा जिल्लाको बाह्रदशी-३ चारपाने राजगढ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

बिहीबार राति साँढे ११ बजे प्रदेश २-०३-१९ प १८६४ नम्बरको  मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटना घाइते भएका मोटरसाइकल चालक बाह्रदशी २ का १९ वर्षीय दिपेश बिस्टको बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।