धरान : धरान-३ सदन रोडमा रहेको विद्याधारी बचत तथा ऋण सहकारीले 'स्वास्थ्य नै धन हो' भन्ने मूल नाराका साथ एक दिने दन्त जाँच शिविर कार्यक्रम सम्पन्न गरेको छ।
बराह डेन्टल केयर र विद्माधरी बचत तथा ऋण सहकारीको सहकार्यमा सहकारीको कार्यालय धरान ३ सदन रोडमा सम्पन्न शिविरमा सेयर सदस्य, बचतकर्ता र दाँतको समस्या भएर पनि चेक जाँच गर्न नपाइरहेका व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो।
सहकारीका अध्यक्ष लुइस जेम्स राईले विद्याधारी सहकारीले आफ्नो स्थापनाको १२ औ वर्ष पारगरिसकेको र यसले हिजो पनि आज पनि र भोलि पनि आफ्ना सदस्यहरूको आर्थिक एवं व्यबसायीक उन्नतिमा प्रतिबद्ध रहेको र उक्त लक्ष्य प्राप्तिका लागि सहकारीले स्वयम पनि बचत तथा ऋण कारोबार अतिरिक्त  विभिन्न गतिबिधीहरुको आयोजना गरिरहेको जानकारी दिए। व्यक्ती र देशको आर्थिक संवृद्धिमा स्वास्थ्य नै पहिलो खुट्किलो भएकाले स्वास्थ्य भए पछि मात्र आर्थिकस्तर माथि उठाउन सकिने भएकै कारण हरेक महिना स्वास्थ्य शिविरको कार्यक्रम राखेको जानकारी दिँदै पहिलो महिना आँखा शिविर सम्पन्न गरी सकेको र यो महिना दन्त जाँच शिविर गरेको उनले बताए।
 बराह डेन्टल केयरका डाक्टर किशोर सुवेदीले सहकारीहरूले व्यवसाय सँगै सामाजिक कार्य त्यसमा पनि स्वास्थ्यको क्षेत्रमा गरेकोमा खुसी व्यक्त गर्दै दाँतको समस्यालाई  संवेदनशील रूपमा लिनु पर्ने जानकारी दिए।
दन्त जाँच शिविरमा उपस्थित सेयर सदस्य बचतकर्ता र स्थानीयको उत्साहजनक सहभागिता रहेको थियो। दन्त जाँच पछि खुसी व्यक्त गर्दै विद्याधारी सहकारीले हाम्रो आर्थिक बचत सँगै स्वास्थ्यमा पनि चासो र प्रतिबद्ध रहेकोमा आभार व्यक्त गरे। 
bidhya-dhari-2