धरान : नेकपा एमालेले धरान उपमहानगरपालिकाको मेयरमा मञ्जु भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यसै गरी उपमेयरमा पदम लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यसै गरी इटहरी उपमहानगरपालिकाको मेयरमा याम सुब्बा र उपमेयरमा सङ्गीता चौधरीलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो ।