चतरा : सुनसरीको झुम्का चतरा सडक खण्ड अन्तर्गत वराहक्षेत्र नगरपालिका वडा नं ४ पिडारीमा यात्रु बाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिवार चतराबाट  झुम्का तिर जानेक्रममा बस पिढारी स्थित पुलमा ढोक्किदा गाडीमा सवार गाडी मालिकको मृत्यु भएको छ भने दुर्घटनामा १० जना घाइते भएका छन्।
प्रदेश १-०२-००१ ख ९५०४ नं.को बस आफै अनियन्त्रित भई चतरा-झुम्का नहरको पिडारी पुलमा ठक्कर खाई दुर्घटना हुँदा गाडी मालिक वराहक्षेत्र नगरपालिका १ चतराका ४० वर्षीय सरोज खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी बसमा सवार १० जना यात्रु घाइते भएका छन् ।
प्रहरीले बसका चालक वराहक्षेत्र १ चतराका २५ वर्षीय सनम श्रेष्ठलाई नियन्त्रणमा लिएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका बस मालिक खडकाको उपचारको क्रममा  शनिवार बेलुका ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।