धरान : सुनसरीको धरान महानगरपालिका–१९ साम्पाङ चौकबाट फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । 

लागुऔषध मुद्दामा जिल्ला अदालत सुनसरीको २०७८।०९।२३ गतेको फैसलाले २ वर्ष ९ महिना १० दिन कैद र रु.१ लाख रुपैयाँ जरिवाना भई फरार रहेका सोही स्थानका ४६ वर्षीय यज्ञ बहादुर खडकालाई १ नम्बर प्रदेशको प्रादेशिक अनुसन्धान समूह आरआइटीबाट खटिएको प्रहरी टोलीले गाउँ घरमा नै लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका खड्कालाई तोकिएको कैद भुक्तानको लागि कारागार चलान गरेको छ ।