धरान : धरान उपमहानगरपालिकामा नेकपा एमालेले उम्मेदवारी दर्ता गरेको छ । 
धरान १२ स्थित पब्लिक माविमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेकपा एमालेका मेयरका उम्मेदवार मञ्जु भण्डारी, उपमेयरका उम्मेदवार पदम प्रसाद लिम्बू सहित २० वटै वडाका वडाध्यक्ष र सदस्यहरूले उम्मेदवारी दर्ता गरेका हुन् । 
उम्मेदवारी दर्ता गर्नुपुर्व नेकपा एमालेले छाताचौकमा रहेको नेकपा एमालेको पार्टी कार्यालयबाट छाताचौक हुँदै भानुचौक पुगेर निर्वाचन अधिकृतको कार्यालय सम्म र्‍याली गरेको थियो । 
निर्वाचन अधिकृतको कार्यालयमा पुगेर निर्वाचन आयोगले जारी गरेको नियम अनुसार उम्मेदवारी दर्ता गरेका हुन् । नेकपा एमाले सँगै अन्य दल राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले पनि पनि अहिले उम्मेदवारी दर्ता गरिरहेको छ भने गठबन्धन दलबाट नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीबाट पनि अव केही बेरमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।