धरान  : ३० वैशाखमा सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले वैशाख ११ र १२ गते दुई दिन उम्मेदवारी मनोनयन गर्ने मिति तोक्यो । 

धरान १२ स्थित पब्लिक हाई स्कुलको प्राङ्गणमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा ११ गते ६ राजनीतिक दल र केही स्वतन्त्र उम्मेदवार गरी ७२ जनाले उम्मेदवारी दर्ता गरेका थिए । 

सोमबार यो समाचार तयार पारुन्जेल रातको साढे १० बजे सम्म पनि उम्मेदवारी मनोनयन गर्ने प्रक्रिया नसकेको सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाले बताए । 

सोमबार बिहान ११ बजे देखि धरानको निर्वाचन अधिकृतको कार्यालयमा निकै ठुलै राजनीतिक चहलपहल थियो । नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र गठबन्धनबाट नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका उम्मेदवार र अरू स्वतन्त्र उम्मेदवारहरूको निकै ठुलो भिडका साथ निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । 

धरानका राजनीतिक दलहरू आ आफ्नो तर्फबाट शक्ति प्रदर्शन गर्दै निर्वाचन अधिकृतको कार्यालय परिसरमा पुगेका थिए । गठबन्धनको तर्फबाट उम्मेदवारको टुङ्गो समयमै नलाग्दा राति अबेर सम्म उम्मेदवारी दर्ता चलेको हो । 

Manonayan-13Manonayan-15Manonayan-5Manonayan-12Manonayan-19Manonayan-16Manonayan-23Manonayan-10Manonayan-22Manonayan-18Manonayan-17Manonayan-14Manonayan-11Manonayan-7Manonayan-6Manonayan-2Manonayan-4Manonayan-3Manonayan-1