धरान : मोबाइल व्यावसायीहरुको संस्था हाम्रो मोबाइल सङ्घ धरानको पहिलो साधारण सभा सम्पन्न भएको छ ।

सो साधारण सभाले नयाँ कार्यसमितिको पनि चयन गरेको छ । हाम्रो मोबाइल सङ्घ धरानको अध्यक्षमा जीवन शाक्य, उपाध्यक्षमा विमला खतिवडा, सचिवमा सविन लम्साल, सहसचिवमा सुरेन्द्र दाहाल, कोषाध्यक्षमा सचिन पोख्रेल चयन भएका छन्। 

यसैगरी सदस्यहरूमा शाहिद अनवार, लुसन मल्ल, प्रकाश श्रेष्ठ, सुजितकुमार शङ्कर, ऋतुमर्दन श्रेष्ठ र हर्कबहादुर सार्की रहेका छन् । 

हरियाली सामुदायिक भवनको सभा हलमा सम्पन्न सो साधारण सभाले धरान भित्र रहेका सम्पूर्ण मोबाइल मर्मत तथा व्यावसायीहरुलाई एक बनाएर आफ्नो हक अधिकारका लागि एकाबद्ध हुने सङ्घको उद्देश्य रहेको सचिव सविन लम्सालले बताए । 

२०७८ चैत २ गते जिल्ला प्रशासन कार्यालय सुनसरीमा विधिवतरुपमा दर्ता भएको हाम्रो मोबाइल सङ्घ धरानले आफ्नो गतिविधि अघि बढाइरहेको छ ।