धरान : धरान उपमहानगरपालिकामा बुधवार र बिहीबार कोरोना विरुद्धको एस्ट्राजेनेका खोप लगाइने भएको छ । 

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार यो खोप कोरोना विरुद्धको पहिलो मात्रा खोप नलगाएका, दोस्रो मात्रा लगाउन बाँकी भएका र दोस्रो मात्रा खोप लगाएको ३ महिना पुरा भएकाहरूले बुस्टर डोज लगाउन पाउनेगरी खोप अभियान सञ्चालन हुने भएको हो । 

धरानमा २ दिनमा १८ वर्ष देखि माथिका करिब १४ हजार जनालाई एस्ट्राजेनेकाको पहिलो, दोस्रो र बुस्टर डोज खोप लगाइने बताइएको छ । 

Khop-Talika