धरान : आसन्न स्थानीय तहको निर्वाचनका लागि  नेकपा एमाले धरानबाट उम्मेदवार वनेका मेयर तथा उपमेयर चुनावी अभियान अन्तर्गत मतदातासँग घरदैलो अभियानमा अहिले सक्रिय भएका छन् । 

मेयरका उम्मेदवार मञ्जु भण्डारी सुवेदी र उप मेयर पदम प्रसाद लिम्बू सहित नेता तथा  कार्यकर्ताहरू मतदातासँग घर दैलो अभियानमा रहेको नेकपा एमाले धरान उपमहानगर कमिटीका अध्यक्ष हर्कजङ एभेङले बताए । उनका अनुसार बुधवार धरान-८ र ३ मा घर दैलो अभियान सञ्चालन भइरहेको छ ।

मतदातासँग उम्मेद्धवारहरुले आगामी दिनमा हरेक वडाको  विकासमा विशेष योजना सहित काम गर्ने प्रतिबद्धता जनाएका छन्। मतदाताहरूले उम्मेद्धवारसँग हालको खानेपानीको समस्या समाधानको विषयमा माग गरेका छन् । खानेपानीको समस्याको समाधान गर्न आफूहरू प्रतिबद्ध रहको मेयरका उम्मेदवार मञ्जु भण्डारी सुवेदीले बताइन् । उनले भनिन्,खानेपानी समस्या धरानको मूल समस्या हो , सो समस्या समाधान गर्नु पहिलो प्राथमिकता हुनेछ।

निर्वाचन मूल परिचालन कमिटीका अनुसार वैशाख १५ गते ९,१० र १९ ,वैशाख १६ गते वडा नम्बर १६ , वैशाख १७ गते वडा नम्बर ११, वैशाख १८ गते वडा नम्बर ११ र १८ , वैशाख १९ गते वडा नम्बर १७ , वैशाख २० गते वडा नम्बर १७ र १५ मा मतदातासँग घरदैलो अभियानको कार्यक्रम रहेको छ। त्यसैगरि वैशाख २१ गते वडा नम्बर १५ , वैशाख २२ गते २० , वैशाख २३ गते ४ र ५ नम्बर वडामा हुने छ भने वैशाख २४ गते ६ वडा र वैशाख २५ गते भने वडा नम्बर १,२,३,७ र १२ मा घरदैलो अभियान सञ्चालन गरिने छ ।  

धरानमा काँग्रेस परित्याग गरी एमालेमा प्रवेश 

धरान-८ मा नेपाली काङ्ग्रेसको पूर्व सुनसरी जिल्ला सदस्य तथा क्षेत्रीय प्रतिनिधि राम बहादुर तामाङको नेतृत्वमा १८ जनाले नेपाली काँग्रेस पाटी परित्याग गरी नेकपा एमालेमा बुधवार प्रवेश गरेका छन्। 

नेकपा एमालेको मेयर पदका उम्मेदवार मञ्जु भण्डारी र उप मेयर पदम इस्वो लिम्बु सहितको मतदातासँग घरदैलो अभियानकै क्रममा पाटी प्रवेश गरेका हुन। पाटी प्रवेश गर्दै राम बहादुर तामाङले काँग्रेसमा राजनीतिक आचरण र व्यवहार नभएकाले आफूले पाटी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेको बताए ।

पार्टीका केन्द्रीय सदस्य तथा मेयरका उम्मेदवारमा रहेका मञ्जु भण्डारी र उपमेयरका उम्मेदवार पदम इस्वोले स्वागत तथा बधाई दिनुका साथै फुलमाला र अबिर लगाएर पार्टी प्रवेश गराए । कार्यक्रममा नेकपा एमाले नगर अध्यक्ष हर्क एभेङ्ग, प्रदेश सदस्य मोतीराज सुनुवार, नारायण सुवेदी, प्रदेश सांसद जय कुमार राई लगायतले बधाई तथा शुभकामना दिए।