धरान :मोरङ र सोलुखुम्बुमा भएको दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । 

मोरङको बुढिगंगा गाउँपालिका–३ स्थित कोसी लोकमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो साँढे १ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२७– च २२६६ नम्बरको कारले पूर्वबाट हाइवे तर्फ आउँदै गरेको मे २ प ६९५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक बुढिगंगा–२ बगवनका ३० वर्षीय शोभा राजवंशी घाइते भएका थिए  ।

घाइते भएका राजवंशीको उपचारको लागी विराट मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कार र चालक धनुषा जनकपुर–७ का २९ वर्षीय शैलेन्द्र प्रसाद यादवलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

आगो निभाउने क्रममा १ जनाको मृत्यु

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा आगो निभाउने क्रममा १ जनाको मृत्यु भएको छ । 

मंगलबार दिउँसो साँढे ११ बजे स्थानीय ७० वर्षीय जयराम सार्कीको  आफ्नै बाँस झ्याङमा सल्केको आगो  निभाउने क्रममा अचानक आफ्नै  शरीरमा आगो सल्किँदा घाइते भएका थिए ।

उनको उद्धार गरी उपचारको लागि धरान घोपा ल्याउँदै गर्दा बाटोमानै मृत्यु भएको  १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।  घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी टोली खटिगई थप अनुसन्धान गरिरहेको छ ।