धरान : मोरङको रतुवामाई नगरपालिका–३ स्थित नेपाल भारत सीमा छेउबाट लागुऔषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मोरङ पथरीशनिस्चरे नगरपालिका –४ का ५३ वर्षीय खड्ग बहादुर सिलवाल रहेका छन् । सोमबार बेलुका ८ बजे प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको  बा ७६ प ४६९७ नम्बरको मोटरसाइकल चेकजाँचको क्रममा सिलवालको साथबाट ६ ८८ ग्राम ब्राउन सुगर बरामद गरी नियन्त्रणमा लिइएको हो । 

ब्राउन सुगर सहित पक्राउ परेका सिलवालको सम्बन्धमा इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भइरहेको छ ।